Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बहराइनमा भएको फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ । राफा सहित बहराइन राष्ट्रिय रंगशालामा नेपालले दोस्रो खेलमा ३-० को हार बेहोरेको हो ।

पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले आज टोलीमा ४ परिवर्तन गर्दै केही आक्रामक टोली उतार्ने संकेत गरेको थियो । तर नेपालको अग्रपंक्तिले आक्रमण बुन्न सकेको छैन । नेपाल माथि घरेलु टोलीनै हावि भएको थियो । बहराइनले खेलमा सबै गोल पहिलो हाफमा गर्यो ।

सातौं मिनेटमा बहराइनले खेलमा सुरुवाती गोल गर्न सफल भयो । नेपालले कर्नर किक क्लियर गर्न नसकेपछि डिफेन्डर सायद बाकेरको प्रहार डिफ्लेक्ट भएर पोस्टतर्फ गएको थियो ।

१७औं मिनेटमा बहराइनले पेनाल्टीमा अग्रता दोब्बर बनाउने अवसर पायो । काउन्टर अट्याकमा गोलकिपर किरण चेम्जोङले मोहम्मद मरहुनमाथि फाउल गरेपछि बहराइनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा अब्दुल्लाह युसुफले गोल गर्दै स्कोरलाइन २-० सम्म पुर्याए ।

३६औं मिनेटमा बहराइनले तेस्रो गोल गर्यो । कोमाइल इलसवादले गोल गर्दै अग्रता तीन गोलको बनाएका हुन् ।

नेपाल ४ खेलमा अंकविहिन रहँदै समूहको पुछारमा छ । नेपालले युएई विरुद्ध ४-०, यमन विरुद्ध २-० र बहराइन विरुद्ध ५-० को हार बेहोरेको थियो । युएई १२ अंक सहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो छन् ।

नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल जुनमा खेल्नेछ ।

तपाईको प्रतिक्रिया