Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्। होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न सोमबार एकसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन् । होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरूमध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन् ।

पुलबाट नदीमा हाम फालेका व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ । नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक ‘सई’ को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे घटनास्थलमा परिचालन भएको बताइएको छ । अन्य १६ जनालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया