Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – श्री एयरलाइन्सले ८० सिट क्षमताका दुईवटा जहाज भित्र्याएको छ । कम्पनीले मंगलबार क्यानडाको तत्कालीन ‘बम्बार्डियर हाल डी हाभिलैन्ड अफ क्यानडा’ निर्मित कल साइन नाइन एन-एओके र नाइन एन-एओएल जहाज भित्र्याएको हो ।

यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली ५४०० साफ्ट हर्षपावर भएको श्री एयरले जनाएको छ । क्यानडाको प्राट एन्ड ब्हिएनी कम्पनीबाट निर्मित ‘पीडब्लूआई ५० ए’ भरपर्दो रहेको श्री एयरले जनाएको छ ।

यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कम ध्वनी अनुभूति दिने श्री एयरलाइन्सले जनाएको छ । उक्त जहाजहरू श्री एयरलाइन्सका पाइलटहरूले नै नेपालमा ल्याएका थिए ।

संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैन्डबाट डुलुथ, क्यानडाको गुजबे, आइसल्यान्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, दुबई र भारतको इन्दौर हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । जहाज १० हजार माइलको दुरीमा करिब २५ घण्टाको उडान तथा तीन रात्रि बिसानपछि विमानस्थलमा अवतरण गराइएको कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरू यथाशीघ्र पूरा गरी उक्त विमानहरूबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरूमा उडान गर्नेछ । सन् २०१७ बाट ५० सिट क्षमताको दुई वटा सी आर जे २०० तथा ७० सिट क्षमताको दुई वटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन गरेको थियो । सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी विमानस्थलमा र पर्वतीय उडानहरू नियमित रूपमा हवाई सेवा सञ्चालन गरेको थियो ।

सन् २०१९ देखि दुईवटा र सन् २०२२ मा थप दुई गरी चार वटा ८० सिट क्षमताको क्यानडा निर्मित क्यू४०० ड्यास ८ विमानहरूबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरेको थियो । दुई जहाज थपिएसँगै श्रीसँग फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको छ । श्रीपछि नेपालमा सर्वाधिक जहाज हुनेमा बुद्ध एयर रहेको छ ।

तपाईको प्रतिक्रिया