शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – टी–२० अभ्यास खेलअन्तर्गत नेपालले मंगलबार (आज) आयरल्यान्ड ‘ए’(उल्भ्स)सँग दोस्रो अर्थात् अन्तिम खेल खेल्ने भएको छ। खेल दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो।

अन्तर्राष्ट्रिय मान्यता नभएकाले यो अभ्यास खेल मात्र हो। नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गरिरहेका छन्। आयरल्यान्ड उल्भ्समा सिनियर टोलीबाट खेलेका नौ खेलाडी समावेश छन्। आजको खेलमा पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई मौका दिने सम्भावना छ।

 

तपाईको प्रतिक्रिया