Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – जापानमा बस्ने नेपाली समुदायले रंगहरूको पर्व होली धुमधामका साथ मनाएका छन् । विभिन्न पेशा व्यवसाय गर्न जापान पुगेका नेपालीहरुले टोकियोको शिन ओकुबोस्थित तोयामा पार्कमा भेला भएर होली पर्व मनाएका हुन्। नेपालीहरूको अत्यधिक बसोबास रहेको शिन ओकुबोमा होली खेल्न ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो । होली खेल्न जापानीज नागरिकसमेत तोयामा पार्क पुगेका थिए । राजधानी टोकियोमा आयोजना गरिएको होली कार्यक्रममा सहभागी हुन खानागावा केन, चिवा केन, साइतामा केन, तोचुकी केन लगायतका स्थानबाट नेपालीहरु आएका थिए ।

होलीमा नेपाली गीतका साथ नृत्य पनि प्रस्तुत गरिएको थियो । त्यस्तै सेल रोटी, गुन्द्रुकको अचार लगायतको नेपाली परिकारको स्टल राखिइएको थियो ।  जापानमा रहेको दोस्रो पुस्तालाई नेपाली चाडपर्वको बारेमा ज्ञानहोस् भन्ने उद्देश्यले होली कार्यक्रमको आयोजना गरिएको बताईएको छ । ***

तपाईको प्रतिक्रिया