शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेल शुन्यमा र गुलशन झाले ४ रन बनाएका थिए । ग्यारेथ डेलानीले २ विकेट लिएका थिए भने बेन ह्वाइट र थोमस मायेसले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको थियो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्बाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए । नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । दुई खेलको सिरिजको दोस्रो खेल मंगलबार हुने छ ।

तपाईको प्रतिक्रिया