Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अछाममा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । मेल्लेख गाउँपालिका-७ नन्देगडाको सुयडीमा सोमबार बिहान टयाक्टर दुर्घटना भएको हो ।

प्रहरीकाअनुसार मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी मेल्लेख गाउँपालिका-७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामीको मृत्यु भएको हो ।

 दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी र नाम नखुलेका अर्का एक बालक घाइते भएका छन् । घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया