Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा आप्रवासी बालबालिका लक्षित निबन्ध लेखन कार्यक्रम हुने भएको छ । टोयोटा फाउन्डेशनको सहयोगमा सञ्चालन गरिएको Mother Tongue and National language Education For Transnational Migrant Children Project ले निबन्ध लेखन कार्यक्रम गर्ने भएको हो ।

जापानका सार्वजनिक विद्यालयका प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरूलाई लक्षित गरेर निबन्ध लेखन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । जापानमा रहने नेपाली बालबालिकाहरूलाई पनि यो कार्यक्रममा भाग लिएर नेपाली भाषा क्षमता प्रस्तुत गर्न अनुरोध गरिएको छ । सहभागीले ‘मलाई गर्व लाग्ने कुरा’, ‘मेरो स्वदेश भ्रमण’ र ‘जापानमा मेरो भविष्य’ शीर्षकमा ३ सय देखि ५ सय शब्द भित्रमा आफ्नो निबन्ध लेख्न सक्नेछन् ।

बालबालिहरुले लेखेको निबन्ध [email protected] मा स्क्यान गरेर इमेलमार्फत मार्च महिनाको अन्तिम सम्ममा पठाउन सक्ने आयोजक संस्थाले जनाएको छ ।  हरेक भाषा समूहबाट उत्कृष्ट निबन्ध लेख्ने बालबालिकालाई नगद पुरस्कार र सर्टिफिकेट प्रदान गरिनेछ ।

Mother Tongue and National language Education For Transnational Migrant Children Project जापानमा परिवार तथा अभिभावकहरूसँगै बस्ने आप्रवासी बालबालिकाहरूको मातृभाषा पठनपाठनको अवस्थाको बारेमा अध्ययन गरेर मातृभाषा अध्ययनको अवसरलाई बढवा दिने उद्देश्यका साथ टोयोटा फाउन्डेशनको सहयोगमा सञ्चालन गरिएको गरिएको हो ।

कार्यक्रम सम्बन्धी विस्तृत जानकारी तलको पोस्टरबाट पनि लिन सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया