Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेले इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र रिक्त बनेको थियो । सो क्षेत्रमा आगामी बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । एमालेले स्वर्गीय नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कानून व्यवसायीका रुपमा कार्यरत सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाइ सकेका छन् ।

तपाईको प्रतिक्रिया