Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भिजिट भिसामा नयाँ मापदण्ड आएसँगै बिदेसिने नागरिकको संख्या ह्वात्तै बढेको छ । गृह मन्त्रालयले माघ १० गतेदेखि भिजिट भिसामा जाने नागरिकको लागि नयाँ मापदण्ड जारी गरेसँगै यो संख्या झन्डै दोब्बरले बढेको हो ।

अध्यागमन विभागको तथ्यांकअनुसार भिजिट भिसामा नयाँ मापदण्ड लागू हुनुपूर्व नेपालको बाटो हुँदै दैनिक करिब ९ सय ७५ नागरिक भिजिट भिसामा बाहिरिने गरेका थिए । अहिले नयाँ मापदण्ड लागू गरेसँगै दैनिक १५ सयको हाराहारीमा भिजिट भिसामा बाहिरिने गरेका छन् । नयाँ मापदण्ड लागू भएको माघ १० देखि फागुन १५ सम्मको तथ्यांक हेर्दा यसबीच ४२ हजार ६ सय २८ जना भिजिट भिसाको नाममा बाहिरिएका हुन् ।

अघिल्लो महिना अर्थात् भिजिट भिसामा नयाँ मापदण्ड आउनुभन्दा अघिल्लो एक महिनामा २९ हजार २ सय ९६ जना भिजिट भिसामा बाहिरिएका थिए । भिजिट भिसामा नयाँ मापदण्ड आएसँगै भिजिट भिसामा विदेश जानेको संख्या बढेको अध्यागमनका कर्मचारी बताउँछन् ।

हाकिमलाई दिएको ‘स्वविवेक’ अधिकारको कहीँ कतै दुरुपयोग हुन थालेपछि गृह मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको थियो । हाकिमको ‘स्वविवेक’ अधिकारभन्दा पनि निश्चित मापदण्ड तोकिएपछि भिजिट भिसामा जानेको संख्या बढेको अध्यागमनका कर्मचारी बताउँछन् । ‘हाकिमलाई ‘स्वविवेक’ अधिकार दिँदा बेलाबेलामा अध्यागमनका कर्मचारी माथि नै प्रश्न उठ्ने गरेको थियो तर यो मापदण्ड आएपछि हामीलाई पनि ठीक भएको छ,’ कर्मचारीले भने ।

भिजिट भिसा भन्नेबित्तिकै पैसाको बार्गेनिङ हुने गरेको र यो मापदण्ड आएपछि पैसाको बार्गेनिङ अन्त्य भएको जानकारहरूको भनाई छ । सरकारले भिजिट भिसामा यसअघिको १७बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया