Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज राति चीन भ्रमणमा जाँदैछन् । गृहबाट परराष्ट्रमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

आज राति ११ बजे श्रेष्ठ चीन भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् ।

चीन भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण पूरा गरेर यही चैत १९ गते उनी स्वदेश फर्किने कार्यतालिका छ ।

गएको कात्तिक पहिलो साता गृहमन्त्री रहेको बेला पनि उनी चीन भ्रमणमा गएका थिए । त्यतिबेला चीन भ्रमणमै रहेको बेला मन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो ।

तपाईको प्रतिक्रिया