Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। शनिबार मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)बाट थप तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो।

मुख्यमन्त्री यादवले एमालेका प्रदेश सभा सदस्य शत्रुधनप्रसाद सिंह कोइरीलाई स्वास्थ्य तथा जनसङ्ख्या, राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुनमन्त्री र प्रमोद जयसवाललाई शिक्षा तथा संस्कृती मन्त्रीमा नियुक्त गर्नुभयो।

नवनियुक्त मन्त्रीहरुलाई आज नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराउनुभएको छ । शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारमा एमालेका चार जना मन्त्री बनेका छन्। मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफैसँगै राख्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया