Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

बार्सिलोना – नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ अधिवेशन स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ । अधिवेशनबाट बेल्जियम निवासी चित्र सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् ।भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले उद्घाटन गरेको र दुई दिनसम्म चलेको अधिवेशन बन्दसत्रमा प्रवेश गरेपछि निर्वाचन आयुक्त सुरेन्द्र कुमार श्रेष्ठले अध्यक्षका दाबेदारहरू रणबहादुर खाती क्षेत्री, उदयराज गौतम, चित्र सुवेदी र धर्मराज खतिवडाको नाम पढेर सुनाएका थिए। तर अध्यक्षका दाबेदारहरूबिच छलफलपश्चात् सुवेदीका नाममा सहमति जुटेको हो भने धर्मराज खतिवडा महासचिव बन्न राजी भएका थिए ।आफूले अध्यक्षको दावेदारी फिर्ता लिएपछि उदयराज गौतमले सङ्गठनको आवश्यकता र समयको माग अनुसार आफूले पदलाई गौण ठानेको बताए। आफ्नो योगदान अनुसार अध्यक्षका निम्ति एक पटक प्रयास गर्न खोजेको तर नेतृत्वमा पुग्नका लागि निर्वाचनमा सहभागी हुन मन नलागेको उनको भनाइ थियो। नेतृत्वमा जो गए पनि सबै वर्ग, समुदायको निम्ति त्यसले हित गर्ने उनले बताए ।त्यसैगरी रणबहादुर खाती क्षेत्रीले आफू यस अगाडि सङ्गठनको आवश्यकताको लागि कार्यवाहक अध्यक्ष बनेको कारण यस पटक आफू स्वतः अध्यक्ष बन्नु पर्ने बताएका थिए। तर निर्वाचनमा जाने कुराले कसैलाई फाइदा नगर्ने भन्दै पछाडि हटेको उनको भनाइ थियो ।नवनिर्वाचित महासचिव धर्मराज खतिवडाले आफ्नो केमेस्ट्री अध्यक्षसँग मिल्ने भएकाले अब सङ्गठन रकेटको गतिमा अगाडि बढ्ने बताए । यसैगरी महाधिवेशनले कार्यसमितिका अन्य पदहरू सहमतिका आधारमा परिपूर्ति गर्दै जाने नवनिर्वाचित अध्यक्ष चित्र सुवेदीले बताए ।अधिवेशनमा नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिति माल्टा अध्यक्ष विनय बुढाथोकी, बेल्जियम अध्यक्ष प्रकाश पौडेल, नर्वेका डा. कृष्ण अर्याल,पोर्चुगलका सीता ढकाल, नेदरल्याण्डका संघर्ष केसी, आयरल्यान्डका दलराम तामांग, स्पेनका विशाल ढुङ्गाना, स्विडेनका राम शरण ढकाल, फ्रान्सका सुमन पौडेल, बेलायतका रण बहादुर खाति क्षत्री, जर्मनीका गोविन्द भण्डारी, तमु राष्ट्रिय मुक्ति मोर्चाका मनिस गुरुङ र डेनमार्कका अध्यक्ष महेन्द्र खड्काले राष्ट्रिय समितिबारे रिपोर्टिङ गरेका थिए ।अध्यक्षमा सुवेदी चुनिँदा इन्चार्ज रण बहादुर खाति क्षेत्री (बेलायत) चयन भए । उपाध्यक्षमा गंगाप्रसाद भुसाल (स्पेन), सेर सिंह ठकुरी (बेलायत) र कल्पना मगर (बेल्जियम) बनेका छन् । महासचिवमा धर्मराज खतिवडा (अस्ट्रिया), सचिवमा अर्जुन आचार्य (स्पेन), निर्मला बजगाइ अधिकारी (बेल्जियम) र हरिसचन्द्र पोखरेल (पोर्तुगाल) चुनिएका छन् ।कोषाध्यक्षमा डोलराज भन्डारी (बेलायत), सहकोषाध्यक्षमा सुमन पौडेल (फ्रान्स) बनेका छन् । सदस्यहरुमा श्याम खनाल, केसरबहादुर थापा (स्पेन), राजेन्द्र सेढाइ, काजी नेपाली, सावित्रा गिरि, रुपक श्रेष्ठ, ठाइला किरात, पवन सुवेदी, होम गुरुङ, ईश्वर रिजाल, प्रेम परियार (नर्वे) राम कुमारी बि क, महेश कुमार खाती चयन भएका छन् ।स्याम प्रसद ढकाल, प्रेम चन्द्र भण्डारी, युवराज खनाल, बुद्धलाल योंजन लामा (आयरल्यान्ड) लिलि तामाङ, नारायण प्रशाद अधिकारी (माल्टा), डि एस राणा (माल्टा), रबीन लिम्बु, दूरबसा भण्डारी, जसमान दर्नाल, शुशीसिला खत्री, मायॅ तामाङ (साईप्रस), मोहन केसी, विष्णु रायमाझी, सरिता शर्मा (पोर्चुगल) र भीम सुवेदी (बेल्जियम) पनि सदस्यमा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया