Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्वलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मजबुत बनाएको छ।आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ। होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आमनेपालीका लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरे।

उनले प्रहरीले विगतका घटनालाई ध्यानमा राखेर सुरक्षा प्रबन्ध मजबुत बनाएको बताए। उनले सम्भावित घटना हुन नदिन भीडभाड हुने ठाउँमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको बताए। उनले होली मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको बताए। उनले होली खेल्न नचाहनेका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरे।

होली पर्वका लागि काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए। काठमाडौंमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् । जसमा दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह पनि गरेका छन्।

 

तपाईको प्रतिक्रिया