Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – छात्रवृत्तिमा जापान अध्ययन गर्न जान लागेका नेपाली विद्यार्थीलाई नेपालस्थित जापान राजदूतावासले बिदाइ गरेको छ । दूतावासले शुक्रबार नेपाली विद्यार्थीहरूलाई बिदाइ गरेको दूतावासले जनाएको हो ।

दूतावासमा आयोजित एक कार्यक्रमकाबीच अध्ययनका लागि जापान जान लागेका ७ जना नेपाली विद्यार्थीलाई बिदाइ गरिएको हो । नेपालका लागि जापानी राजदूत किकुटा युटाकाले विद्यार्थीहरूलाई बिदाइ गरेका थिए । मिनिस्ट्री अफ एजुकेसन, कल्चर, स्पोर्ट्स, साइन्स एन्ड टेक्नोलोजी अफ जापानले प्रदान गरेको छात्रवृत्तिअन्तर्गत ७ विद्यार्थी जापान जान लागेका हुन् ।

तीमध्ये २ जना स्नातक, ३ जना स्नातकोत्तर तथा २ जना विद्यावारिधिका लागि जापान जाने भएका हुन् । राजदूत किकुटाले छात्रवृत्तिका लागि छनोट भएकाहरूलाई बधाई दिनुका साथै उनीहरूले जापानमा अध्ययनका लागि उचित वातावरण पाउने विश्वास व्यक्त गरे । उनले विश्वविद्यालयको अध्ययनबाहेक जापानको संस्कृति जान्न, जापानी साथी बनाउन तथा जापानीहरूको मनोभाव बुझ्ने प्रयास गर्नुपर्ने बताए ।

जापानिज युनिभर्सिटी अलुम्नाइ एसोसियसनका अध्यक्ष सुनिल बाबु श्रेष्ठले आफ्नो अनुभव गरेकाले जापानको जीवन र विश्वविद्यालयका बारेमा विद्यार्थीहरूलाई फलदायी सल्लाह दिएको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया