Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सामेल हुन प्रस्ताव गरेका छन् ।आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग छलफल गर्दै उनले केन्द्रीय सरकारमा सहभागी भएर प्रदेश सरकारसम्मै सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

नाउपाले सरकारलाई विश्वासको मत दिएको थियो । नाउपालाई एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको स्रोतले बताएको छ । कांग्रेस–माओवादीसहितको गठबन्धन सरकारमा पनि नाउपा सहभागी थियो । उक्त सरकारमा अध्यक्ष श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी थिईन् ।

‘नयाँ गठबन्धनप्रति तपाईँहरूको धारणा के हो, विगतमा सहकार्य गरेका हौँ। सरकारमा सामेल हुनुहोस् । अझै सहकार्य गरेर जाऔँ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने । नाउपा अध्यक्ष श्रेष्ठ पनि सरकारमा सहभागी हुन सकारात्मक रहेको बालुवाटार स्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया