Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । उनले पत्नी कोमलका साथ राहदानी विभाग त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरेका हुन् ।

पूर्वराजा शाहले सर्वसाधारणसरह लाइनबाटै सेवा लिएका थिए । ‘उहाँ राहदानी नवीकरण गर्न आफैँ आउने भनेर खबर पायौँ तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौँ,’ एक अधिकृतले भने, ‘नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो ।’

राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए ।

तपाईको प्रतिक्रिया