Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । उनले गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका छन् ।उनले सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने–‘‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो ।’

कांग्रेसले रवि लामिछानेमाथि अनुसन्धान भएकोले संसदीय छानबिन समितिको माग गर्दै लगातार सदन अवरोध गरिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले भने सहकारी काण्डमा रवि लामिछानेको कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रविमाथि संसदीय छानबिन समिति आवश्यक नरहेको बताइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया