Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – थाइल्यान्ड र म्यान्मारको सीमा नजिक अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्यान्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल पठाइएको हो ।

बैंककस्थित राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा नेपालीको उद्धार गरेको थाइल्यान्डस्थित नेपाली राजदूतावासले जनाएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार नै सीमा क्षेत्रबाट ती नेपालीको उद्धार गरेर थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइयात्रा मार्फत बैंकक हुँदै नेपाल एअरलाइन्सको जहाजबाट नेपाल पठाइएको हो ।

तपाईको प्रतिक्रिया