Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – जापान सरकारले सेन्टर फर हेल्थ एन्ड इन्भ्यारोमेन्ट कन्जरभेसन (सिएचइसी) नेपाललाई स्यानिटरी न्याप्किन बनाउने मेसिन हस्तान्तरण गरेको छ । जापान सरकारले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा रहेको सिएचइसीलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरेको हो ।

नेपालस्थित जापानी दूतावासले शुक्रबार एक विज्ञप्तिमार्फत प्रोजेक्ट फर द इन्स्टलेसन अफ स्यानिटरी न्याप्किन मेकिङ मेसिनअन्तर्गत स्यानिटरी न्याप्किन बनाउने मेसिन सिएचइसीलाई हस्तान्तरण गरिएको जनाएको हो ।

३४ लाख ९ हजार ६४ हजार अमेरिकी डलर बराबरको उक्त मेसिन हस्तान्तरण गर्ने कार्यक्रममा दूतावासका डेपुटी चिप अफ मिसन तामुरा ताकाहिरोको सहभागिता रहेको थियो । ताकाहिरोले विद्यालयका छात्रा तथा महिलाहरूलाई सेनिटरी उत्पादनहरूमा सहज पहुँच हुने र यसले व्यक्तिगत सरसफाइसम्बन्धी ज्ञानमा सुधार र समुदायको थप विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया