Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फिफा विश्वकप २०२६ तथा एएफसी एसियन च्याम्पियनसिपको छनोटमा जापानले अपराजित यात्रा कायमै राखेको छ । टोकियोमा बिहीबार भएको समूह ‘बी’ को खेलमा जापानले उत्तर कोरियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

जापानले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । जापानका लागि एओ तानकाले रितुस डोनको पासमा गोल गरेका थिए । उनको गोलसँगै सुरुमै अग्रता लिएको जापानले खेलभर ६४ प्रतिशत बल नियन्त्रणमा राखे पनि थप गोल भने गर्न सकेन ।

यही समूहमा रहेका म्यानमार र सिरियाले भने एक-एक गोलको बराबरी खेल्दै अंक बाँडे । ३५ औं मिनेटमा घरेलु टोली म्यानमारले गोल गर्दै अग्रता लिएको थियो ।

म्यानमारका लागि सोइ मोइ क्यावले माउंग ल्विनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ७१ औं आला डानीले सिरियाका लागि बराबरी गोल गरेका थिए ।

तेस्रो चरणको खेलसम्म अपराजित रहेको जापान ९ अंकका साथ शीर्ष स्थानमा रहँदा सिरियाले समान खेलबाट ४ अंक जोड्दै आफूलाई तालिकाको दोस्रो स्थानमा राखेको छ ।

तपाईको प्रतिक्रिया