Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच शुक्रबार सिंहदरबारमा भेट भएको हो । भेटपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग राम्रो कुराकानी भएको प्रतिक्रिया दिएका छन् । “प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो,” ओलीले भेटपछि सञ्चारकर्मीसँग भने ।

भेटवार्तामा प्रदेशको भागबण्डा, शान्ति प्रक्रियाका बाँकी कामलगायत विषयमा छलफल भएको बताइएको छ । आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल गरेको थियो । भेटमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा पनि जानकारी गराएको सचिवालयले बताएको छ ।

 

तपाईको प्रतिक्रिया