Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरेको छ । सीआईबीका अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर महरालाई हाजिरी जमानीमा छाड्न लागिएको हो ।

महरा पक्राउ परेको दिनदेखि नै नर्भिक अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था कमजोर रहेको र बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने, बयान सकिएपछि पुनः भर्ना गर्ने गरिएको थियो । महरालाई घाँटीको टीबीदेखि मस्तिष्कको नशासम्म समस्या छ । उनी हिड्न समेत नसक्ने अवस्थामा रहेको अनुसन्धानमा रहेका एक अधिकृत बताउँछन् ।

बयानका क्रममा महराको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ। स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न लागिएको हो। चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि गत बुधबारदेखि बयान लिन सुरु भएको थियो। महरासँग सीआईबीले बुधबार र बिहीबार दुई दिनमा बयान लिइसकेको छ ।

 

 

तपाईको प्रतिक्रिया