शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) आज(शुक्रबार)देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंङलोर भिड्दै छन् । यी दुई बिचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ ।

आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई साविक विजेता पनि हो । चेन्नईले पाँच पटक उपाधि जित्दा पाँच पटक उपविजेता बनेको छ । २०२३ मा भएको १६औं संस्करणको आइपिएलको फाइलनमा गुजरात टाइम्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको थियो । विराट कोहलीले नेतृत्व गरेको बैंङ्लोरले भने अहिलेसम्म उपाधि जितेको छैन । उद्घाटन समारोह नेपाली समयअनुसार साँझ ६ बजेर ४५ मिनेटमा सुरू हुने बताइएको छ।

तपाईको प्रतिक्रिया