Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गत अक्टोबरमा चीनमा भएको तेस्रो बेल्ट एण्ड रोड फोरममा पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनको नयाँ भ्रमणमा जाने भएका छन् ।चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उपप्रधानमन्त्री श्रेष्ठ ( मार्च २४ ) फागुन ११ गते आइतबार त्यसतर्फ जान लागेका हुन् । भ्रमण दलमा उनीसँग परराष्ट्रको उत्तर–पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार अधिकृत र छलफलका क्रममा बुँदा टिप्ने प्रयोजनका लागि अधिकृत हुनेछन् भने बेइजिङबाट राजदूत विष्णुपुकार श्रेष्ठ, उपनियोग प्रमुख सुरेन्द्रकुमार यादव सहभागी हुनेछन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ आइतबार क्याङचाओमा उड्नेछन् भने सोमबार बेइजिङतर्फ प्रस्थान गर्नेछन् । मङ्गलवार उनको चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट हुनेछ । बिहीबार र शुक्रवार उनी छोङछिङ तथा ल्हासामा हुनेछन् । शनिवार मानसरोबर जाने कार्यक्रम तय भएको छ भने आइतबार उनी चङ्तुमा पुग्नेछन् ।

सोमबार उनी त्यहीँबाट सीधा उडानबाट नेपाल आउनेछन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको यो भ्रमणमा बीआरआई कार्यान्वयनका लागि केहि ठोस सम्झौता हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया