मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिफा विश्वकप २०२६ छनोट अन्तर्गत गएराति भएको खेलमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ । बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५–० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो त्यस्तै दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ। दशरथ रंगशाला खेल्न लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ।

 

तपाईको प्रतिक्रिया