Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । आम आद्मी पार्टीका अध्यक्षसमेत रहेका केजरीवाललाई भारतीय केन्द्रीय एजेन्सी ईडीले बिहीबार अबेर पक्राउ गरेको हो ।

दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो । पक्राउअघि ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो।

यसैबीच दिल्ली सरकारकी मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको प्रतिक्रिया दिएकी छन् । उनले प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल भएको बताएकी थिइन ।

तपाईको प्रतिक्रिया