Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ। बिहीबार साँझ नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले सरकारविरुद्ध मसाल जुलुस निकालेको थियो । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

राँके जुलुस देखाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे’सहितका नारा लगाएका थिए । नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया