Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् । चौधरी आज अपरान्ह १ः५७ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत त्यसतर्फ उडेका हुन् ।

उनी नियमित कामको शिलशिलामा विदेश गएका हुन् । चौधरी ग्रुपका महाप्रबन्धक मधुसुधन पौडेलका अनुसार चौधरीकाे प्रत्येक महिनाकाे २५ दिन जति स्वदेश वा विदेशकाे कामले बाहिर जानुपर्ने हुन्छ ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले कब्जा गरेको आरोप लागेपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनीमथि अनुसन्धान थालेको थियो । चौधरीले भने इन्कारी बयान दिएका छन् । उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया