शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – गायक महेश काफ्ले आफ्नो नयाँ गीत ‘चाइना जापान’ को म्युजिक भिडियोमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् ।

गायक काफ्लेले आफ्नै युट्युब च्यानल महेश एण्ड मोरबाट सार्वजनिक गरेको उक्त गीतमा शब्द रचना तथा संगीत पनि गायक काफ्लेकै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ ।

सुनिल शिव भक्तिको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई मनिश नेपालले छायांकन गरेका हुन् । भिडियोमा महेश काफ्ले, जस्मिन दोङ, अनुज कार्की, प्रमिता क्षेत्री, नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ ।

गायक महेश काफ्लेको नाच फिरिरि, माया बिरानी, तातो गोली, लज्जावती झार लगायतका गीतहरू लोकप्रिय छन् ।

 

तपाईको प्रतिक्रिया