Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइएको छ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका सांसद चौधरीसँग सरकारी वकिलको समन्वयमा बयान थालिएको हो ।

बिहीबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को सम्पर्कमा आएका उनीसँग सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान लिइएको छ । पश्चिम नवलपरासी-१ बाट निर्वाचित सांसद चौधरी आफैं बिहान सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेको स्रोतले बताएको छ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ ।

यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो । काठमाडौँ महानगरपालिका-३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको संलग्न सीआईबीको भनाई छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधवार उनका भाइ वसन्त चौधरीलाई पनि घटना विवरण कागज गराएको थियो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरीलाई ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । उनी सांसद विनोद चौधरीका कान्छो भाइ हुन् । जिल्ला अदालत काठमाडौँको आदेशमा अरुण ‘हाजिर जमानी’मा रिहा भएका छन् ।

तपाईको प्रतिक्रिया