Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरण राफसाफ पार्न रवि लामिछानेले गृह मन्त्रालय रोजेको आरोप लगाएका छन् । आज (बुधबार) संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृह मन्त्रालय राजेको टिप्पणी गरेका हुन् ।

गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै यो सम्भव नहुने उनले बताए । केसीले संसदभित्र र बाहिर बद्नाम मान्छेको सहारा लिनु र उनीहरूलाई सरकारमा समावेश गराउनु जनतामाथिको अपमान भएको जिकिर गरे । त्यस्तै उनले मानवताविरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय १७ वर्षदेखि अड्किएको बताएका छन् ।

तपाईको प्रतिक्रिया