Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मोबाइल एपबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिन तयारी थालेको छ । मन्त्रालयले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई स्तरोन्नति गरी यस्तो सुविधा दिन थालेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले फेमिस प्रणाली सुधारको काम भइरहेको र आउँदो शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याउने योजना रहेको बताएका छन् । प्राविधिक टोलीसँगको छलफलपछि प्रणालीलाई सुधार गरेर एपबाटै सेवा दिन सकिने निष्कर्षमा आफूहरू पुगेको उनले सुनाए ।

यो सुविधा आएसँगै पहिलो पटक विदेश जान लागेका वा पहिल्यै गइसकेका दुवै सेवाग्राहीले एपबट एक घण्टाभित्र श्रम स्वीकृति लिनसक्ने बताइएको छ । अहिले अनलाइन सेवा भएपनि श्रम स्वीकृति लिन कम्तीमा चार-पाँच दिन लाग्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया