Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रमुख प्रतिपक्ष दल कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय समिति बनाएर छानआीन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताएकी हुन् ।

सांसद न्यौपानेले गृहमन्त्रीमाथि अनुसन्धान गर्न अर्को बैठकसम्म संसदीय समिति गठन गर्नुपर्ने माग गरिन् । उनले भने, ‘गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले संसदीय समिति बनाउन मानेन भने यो सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझिनेछ ।’ एउटै मुद्दाका दिपेश पुन पक्राउ पर्ने र लामिछाने कसरी गृहमन्त्री बने ? भन्दै प्रश्न समेत गरिन् । सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन नथालेसम्म संसद् चल्न नसक्ने उल्लेख गरिन् ।

उनले भनिन्, ‘कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नु भएको छ । प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ ? त्यो कदापि हुन सक्दैन । सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैरजिम्मेवार पूर्ण भनाइ राख्नुभयो । त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ । बजेटको छलफलको विषयमा हामी तयार छौँ । अवरोध गर्दैनौँ । छानबिन समिति गठन गर्न किन डराउनु प¥यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन । उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौं । झन् शंका उब्जेको छ ।’

सहकारी ठगीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने स्वयं अनुसन्धानको दायरामा रहेकोमा उनीमाथि अनुसन्धान गर्न छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान छ । यसअघि कांग्रेसको उठाएको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संसद् बैठकमा जवाफ दिए पनि कांग्रेसले चित्त बुझाएको छैन । प्रधानमन्त्री प्रचण्डले सहकारीमा गृहमन्त्री लामिछानेको कुनै संलग्न नरहेको भन्दै उनको बचाउ गरेको उनको भनाइ छ । सांसद न्यौपानेले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग प्रशस्त प्रमाण रहेको दाबी गरिन् ।

तपाईको प्रतिक्रिया