Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न पुनः माग गरेको छ । आउँदो सदनको बैठकबाट छानविन समिति गठनको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ । आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका समिति गठन नभएसम्म संसद बैठक सहज ढंगबाट अघि बढ्न नसक्ने बताइन् ।

उनले प्रतिपक्षीको जायज मागमा सुनुवाइ नभए आगामी संसद बैठक सरकारकै गैरजिम्मेवारका कारण चल्न नसक्ने चेतावनी दिइन् । उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन, उहाँहरुलाई चाहिएको रहेनछ, उहाँहरुलाई जनताको काम चाहिएको छैन भन्ने बुझ्ने छौं ।’

सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने उनको भनाइ छ ।उनले सहकारी प्रकरणमा दिपेश पुन पक्राउ पर्ने तर गृहमन्त्रीले भने प्रतिपक्षीलाई चार वर्ष अवरोध गरोस् भन्ने चुनौती दिइरहेको बताइन्। कांग्रेसको माग बमोजिम हिजो प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा जवाफ दिए पनि गृहमन्त्रीको वचाउ गरेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया