Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – आज विश्वभर अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ । हरेक मानिसले खुसी हुन पाउनु अधिकार हो भन्ने मान्यतामा खुसी दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घले सन् २०११ देखि खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । खुसी सूचकाङ्कमा फिनल्याण्ड विश्वकै सबैभन्दा खुसी राष्ट्र बन्दै आएको छ । यो वर्ष पनि खुसी राष्ट्रका सूचीमा फिनल्याण्ड दर्ज भएको छ ।

वल्र्ड ह्यापिएस्ट रिर्पोटअनुसार फिनल्याण्ड विश्वकै खुसी राष्ट्रको सूचीमा एक नम्बरमा परेको हो । १ सय ४३ देशको सूचीमा नेपाल ९३ औं स्थानमा छ । खुसी हुने सवालमा भारत नेपाल भन्दा धेरै पछाडि छ । भारत १ सय २६ औं स्थानमा रहदा भारतलाई उछिन्दै पाकिस्तान १ सय ८ औं नम्बरमा सूचीकृत छ । सबैभन्दा कम खुसी हुने राष्ट्रमा अफगानिस्तानलाई सूचीकृत गरिएको छ । अफगानिस्तानभन्दा एक अंकले मात्र लेबनान अगाडि छ ।

तपाईको प्रतिक्रिया