Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका प्रधानाध्यापकसहित तीनै जना धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनीहरु धरौटीमा रिहा भएका हुन् ।

चितवनको रत्ननगर नगरपालिका-१० स्थित शिशु निकेतनकी छात्रा पोखरेलको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा तीन लाख र सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा ५/५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

१२ फागुनमा शालिन छात्रावासमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि शालिनका बाबुले उनीहरु तीन जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले तिनै जनालाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया