शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालेको जनाएको छ। गर्मीयाम सुरुसँगै इन्फ्लुएन्जा (फ्लु), डेंगु तथा टाइफाइडका बिरामी बढ्न थालेका छन् ।

सामान्यतया यस्ता संक्रमण अन्य मौसमको तुलनामा गर्मीयाममा बढी देखिने गरेका छन् । रोग लागेर सिकिस्त भएर उपचार गराउनुभन्दा बेलैमा सचेत रहेर स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरुको सुझाब छ ।

डेंगुबाट बच्ने उपायहरु यस्ता छन् :

१) पुरा बाहुला भएको लुगा लगाउने
२) झुलभित्र मात्र सुत्ने
३) घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
४) घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
५) खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
६) गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
७) पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
८) साँझ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा र बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने

 

तपाईको प्रतिक्रिया