Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पाँच दलीय गठबन्धन सरकारले ‘न्यूनतम् नीतिगत प्राथमिकता र साझा संकल्प’ मंगलबार सार्वजनिक गरेको छ । कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जो कोहीमाथि कानुनी कारबाही अघि बढाउने गठबन्धनको संकल्प छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास जनतामा स्थापित गर्ने जानकारी दिए । ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने,’ उनले कार्यक्रमबारे सुनाए, ‘भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने ।’

पाँच दलीय गठबन्धनले साइबर सुरक्षा कायम गर्ने जनाएको छ । जलवायु परिर्वतनका सन्दर्भमा सगरमाथा संवाद आयोजना गरिने पौडेलले जानकारी दिए । भ्रष्टाचारी कानुनी दायरामा आउँछ भन्ने देखाउने गरी गठबन्धनले काम गर्ने उनको दाबी छ ।

 

तपाईको प्रतिक्रिया