Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौं – नेपालमा ३३ प्रतिशत घर माटो र ढुंगाका मात्रै रहेका छन् । १० वर्षमा सिमेन्ट प्रयोग गरी घर बढाउने बढेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार २९.८ प्रतिशत घर सिमेन्ट जडित इँटा/ढुगा प्रयोग भएको छ भने २२ प्रतिशत घरको जग ढलान पिलरसहितका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२०६८ र २०७८ जनगणनाको १० वर्षबीचको अवधिमा पिलर र आरसीसी ढलान गरेर बनेका घरको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ । २०६८ मा आरसीसी ढलान गरेको घर १८ प्रतिशत रहेकोमा २०७८ मा ३० प्रतिशत पुगेको छ । ५२ दशमलव२ प्रतिशत परिवारले घरको गारो सिमेन्ट जडित इँटा/ढुंगाबाट बनेको छ । ११ दशमलव७ प्रतिशत घर बाँसजन्य सामाग्रीबाट बनेका छन् ।

८० प्रतिशत परिवारको घर जस्तापाता वा आरसीसी ढलान रहेका छन्। २०६८ जस्तापाता २८.८ रहेकोमा अहिले ४१ दशमलव ९ प्रतिशतले प्रयोग गरिरहेका छन् । आरसीसी ढलान भएका छत ०६८ मा २२ दशमलव ५ प्रतिशत रहेकोमा ३७.८ प्रतिशत पुगेको छ । घरको भुइँ ४७ दशमलव ३ सिमेन्टको र ४६ दशमलव २ प्रतिशत माटोबाट बनेका रहेका छन् । करिब ३ प्रतिशत घरका भुइँमा सेरामिक टायल्स प्रयोग भएको छ ।

२०७८ को जनगणनामा घरको भौतिक संरचनाको जग, बाहिरी गारो, छाना र भुइँको बनावटको बारेमा विवरण संकलन गरेको थियो ।

तपाईको प्रतिक्रिया