Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – धनगढी विमानस्थलमा जहाज ल्याण्ड (अवतरण) गर्ने समयमा चक्का फुस्किएको छ । सोमबार काठमाडौंबाट धनगढीका लागि उडेको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्कीएको हो ।

जहाज अवतरण हुने समयमा खसेको एउटा चक्का खोज्न विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारी नै खटिएपछि चक्का झाँडीमा फेला परेको थियो । जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ । जहाजमा प्राविधिक समस्या आएपछि यस्तो भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए ।

उनका अनुसार सोमबारयस्तो समस्या देखा परेपछि अहिले जहाज ग्राउन्डेड छ, प्राविधिकले जाँच गरेपछि मात्र उड्न अनुमति दिइनेछ । ‘यो धेरै ठूलो समस्या होइन, प्राविधिक समस्या हो, प्राविधिक जाँचपछि मात्र वास्ताविकता थाहा हुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया