Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेका नाममा राजनीति नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी ठगीमा नाम मुछिएका लामिछानेलाई गृहमन्त्री किन बनाएको भन्दै संसद्मा मागेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले देशका महत्त्वपूर्ण मुद्दा छोडेर गृहमन्त्रीको राजीनामाका पछि नलाग्न आग्रह गरे ।

‘हालसम्मको अनुसन्धानले सहकारीको सञ्चालक समिति, ऋण समिति, लेखा समिति कतै पनि माननीय रवि लामिछानेको संलग्नता देखिँदैन । प्रहरीले अनुसन्धान गरी बुझाएको रिपोर्टमा पनि लामिछानेलाई विपक्षी बनाइएको छैन,’ उनले भने, ‘मूल उजुरी परेको ६ महिनापछि माघ १६ गते पूरक जाहेरी दिइएको थियो । त्यसमा माननीय रवि लामिछानेसहित १८ व्यक्तिमाथि किटानी जाहेरी दिइएको थियो । उक्त जाहेरीमा उहाँले सहकारी हिनामिनामा गरेको कुनै प्रमाण दिइएको छैन ।’

प्रधानमन्त्री प्रचण्डले लामिछाने संलग्न भएको भनिएको ऋण समेत फिर्ता भइसकेको बताए । प्रमुख प्रतिपक्षले त्यही विषय उठाएर सदनको कामकारबाही प्रभावित पार्नु उपयुक्त नहुनेमा उनले जोड दिए । ‘प्रहरीले उहाँ (रवि लामिछाने) संलग्न भएको भनिएको ऋण फिर्ता भइसकेको पनि बताएको थियो,’ प्रधानमन्त्रीले भने, ‘प्रमुख प्रतिपक्षीले सदनका कामकारबाही प्रभावित हुने गरी उठाउनुपर्ने विषय हो वा होइन भन्ने स्वयं कांग्रेसले सोच्ने विषय हो ।’

कैफियत देखिए कारबाही
प्रधानमन्त्री प्रचण्डले अनुसन्धानमा कैफियत देखिए कारबाहीबाट कसैले उन्मुक्ति नपाउने बताए । ‘अनुसन्धानबाट कुनै कैफियत देखिएमा उहाँ (रवि लामिछाने)लाई पनि कारबाही हुन कसैले प्रभावित पार्न सक्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गृहमन्त्रीबाट चाहिँ हटाऊ, मुद्दा प्रभावित हुन्छ भन्ने हो भने अर्को मन्त्रालयबाट पनि प्रभावित पार्ला ।’

तपाईको प्रतिक्रिया