Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरीले अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा तीन युवतीसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा, काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा र खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई छन् ।

उनीहरुको साथबाट ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।पक्राउ परेकाहरुले क्यास एप र फायरक्रिन एप्लिकेशनमार्फत् देश तथा विदेशमा रहेका नेपालीलाई अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी रेग्मीले बताए ।

 

तपाईको प्रतिक्रिया