Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्बन्धी विवादका विषयमा आज (मंगलबार) संसद्‌मा जवाफ दिने भएका छन्। आज बिहान ११ बजे सुरु हुने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन्। जसमा सांसदले राखेका प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यक्रम राखिएको छ ।

सो क्रममा गृहमन्त्री लामिछानेका विषयमा पनि जवाफ दिने प्रधानमन्त्री प्रचण्ड स्वयंले जानकारी दिएका छन्। उनले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पोखरामा उजुरी परे पनि लामिछाने दोषी नरहेको दाबी गरेका छन्।

‘म मंगलबार सदनमा बोल्दै छु, सहकारीको विषयमा, रवि लामिछानेको विषयमा। मैले अनुसन्धानकर्ताहरूसँग बुझी पनि सकेँ, म यत्तिचैँ भन्छु– रविको फ्लर्ट छैन’, उनले भनेका छन्, ‘ रविको चाहिँ सहकारीमा फ्लर्ट छैन भन्ने कुरा मलाई नै भनेको रिपोर्ट पनि मसँग छ। त्यसकारण विस्तारमा म मंगलबार सदनमा जवाफ दिन्छु।’

तपाईको प्रतिक्रिया