सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । महरालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिनेक्रममा अस्पतालमा बस्न समेत अनुमति दिएको हो ।

अदालतमा महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेका थिए । अदालतले उनको अवस्था हर्दै सो मागलाई स्वीकार गरेको हो । सुन तस्करी प्रकरणमा आजै कपिलवस्तुबाट पक्राउ परेका महरालाई प्रहरीले सोमबारै अदालतमा उपस्थित गराएको थियो ।

तपाईको प्रतिक्रिया