Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – धनगढीका नगर प्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् । नगर प्रमुख हमाललाई वाह्टएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।

राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेश गरेका छन् । प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले पेश गरेको निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

प्रहरी प्रवक्ता कुलदिप चन्दले धम्की दिने व्यक्तिलाई भोलि छलफलका लागि बोलाइएको बताए । व्यक्तिसँग छलफलपछि मात्र धम्कीको कारण थाहा हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया