Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पूर्वसभामुख महरालाई हिरासतमा राखेर अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले ७ दिनको म्याद मागेकोमा न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन मात्रै दिएका हुन् ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए । लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

तपाईको प्रतिक्रिया