Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – रूसी राष्ट्रपतिमा भ्लादिमिर पुटिन पुन: निर्वाचित भएका छन्। उनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रपतीय चुनावमा निर्वाचित भएका हुन्। उनले चुनाव जित्ने पक्का नै थियो। तीन दिन चलेको मतदानपछि गएराति शुरु भएको गणनामा पुटिन पाँचौ पटक राष्ट्रपति पदमा निर्वाचित भएको रुसी समाचार संस्थाले जनाएका छन्। राष्ट्रपति पदको मतदान सकिएको केही घण्टामै पुटिनले आफूले भारी बहुमतले जित हासिल गरेको भन्दै मतदातालाई धन्यवाद दिएका थिए।

उनले रुसी लोकतन्त्र अमेरिका लगायत पश्चिमा देशहरुको भन्दा उन्नत रहेको समेत दाबी गरे। त्यहाँको निर्वाचन एजेन्सीले पुटिनको पक्षमा ८७ प्रतिशतभन्दा बढी मत खसेको बताएको छ। साढे ११ करोड मतदाता रहेको रुसमा ६७ प्रतिशत बढी मत खसेको थियो । आफ्ना प्रमुख विरोधी एलेक्सी नाभाल्नीको जेलमै रहस्यमय मृत्यु भएको एक महिनापछि पुटिनले देशमा निर्वाचन गराएका हुन्। मतदानकै क्रममा नाभाल्नीका समर्थकले विभिन्न ठाउँमा सांकेतिक विरोध गरेका थिए । निर्वाचनमा पुटिन बाहेक अरु तीन कमजोर उम्मेदवार उठाइएको थियो

जर्मनीले दमन र हिंसामा निर्भर शासकले छद्म चुनाव गराएको भन्दै आलोचना गरेको छ । बेलायतका विदेशमन्त्री लर्ड क्यामरुनले युक्रेनी क्षेत्रमा अवैध चुनाव गराएको भन्दै निन्दा गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तानाशाहले एक अर्को चुनावी नाटक रचेको भन्दै आलोचना गरेका छन्।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया