Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ना भएर युक्रेनमा बन्दी बनाइएका नेपालीहरूलाई फर्काउन पहल भइरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सरकारले रुसी सेनामा रहेका र युक्रेनमा बन्दी बनाइएकालाई नेपाल फर्काउन क्रियाशीलता बढाएको बताएका छन् ।

‘हिजो मात्र रुसी सेनामा गएका र युक्रेनले बन्दी बनाएका पाँच जनाको नाम सार्वजनिक भएको छ । उनीहरूलाई नेपाल फर्काउन सरकार लागि परेको छ,’ उनले भने । आफूले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रुसी विदेशमन्त्रीसँग कुराकानी गरेको र नेपालका लागि रुसी राजदूतसँग पटकपटक छलफल गरेको श्रेष्ठले बताए । रुसी सेनामा भर्ना भएर युद्धमा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउने, परिवारलाई क्षतिपूर्ति दिने र भर्ना भएका अन्य नेपालीलाई तत्काल नेपाल फर्काउन पहल भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया