Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री पाण्डेको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्री गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन् । आज दिउँसो साढे ३ बजे शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) छोडेको घोषणा गरेका थिए । उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । उनी २०७९ सालको निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका थिए । पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

अहिले एकीकृत समाजवादी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनमा सहभागी भएपछि उनले पार्टी परित्याग गरेको जनाएका थिए । केन्द्रको गठबन्धनले गण्डकीमा बहुमत जुटाउन नसक्ने र मध्यावधितिर जाने भएपछि आफूले पार्टी त्यागेको उनको भनाइ थियो ।

पार्टी परित्याग गरेको भोलिपल्ट नै गुरुङ मन्त्री बनेका छन् । उनी सरकारमा सहभागी भएपछि मुख्यमन्त्री पाण्डेलाई सरकारका जोगाउन सजिलो हुने भएको छ । राप्रपाले पनि गठबन्धनमा नजाने बताइसकेको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।

तपाईको प्रतिक्रिया